आजबाट काठमाडौंको फोहाेर उठाइने

डिसी नेपाल
२४ जेठ २०७९ ६:२१

काठमाडौं। काठमाडौं उपत्यकाको फोहोर आजबाट उठाइने भएको छ। सिसडोल र बन्चरेडाँडामा फोहोर लैजान दिने सहमति भएसँगै आजदेखि काठमाडौं उपत्यकाको फोहोर उठाइने भएको हो।

सोमबार सहरी विकास मन्त्रालयमा बसेको मन्त्रालय, काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्रका प्रतिनिधिबिच बसेको सर्वपक्षीय छलफलमा काठमाडौंको फोहर उठाएर सिसडोल र बन्चरेडाँडा लैजान दिने सहमति जुटेको हो।

सहरी विकास मन्त्रालयका तर्फबाट तीन र ६ वटा कामको विवरणमा प्रतिवद्धता जनाएसँगै आन्दोरतपक्षले फोहर बिसर्जन गर्न दिने भएको हो। लामो समयदेखि काठमाडौंको फोहोर नउठ्दा काठमाडौंका सडक र चोक दुर्घन्धित भएका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *