उपत्यकामा एकैदिन मापसे गरी सवारी साधन चलाउने १५२ चालकमाथि कारवाही

डिसी नेपाल
२४ जेठ २०७९ १०:५९
44
Shares

काठमाडौं। पछिल्ला दिन काठमाडौं उपत्यकामा मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउनेको संख्या बढेको पाइएको छ।

ट्राफिक प्रहरीले सोमबार मात्र काठमाडौं उपत्यकामा मापसे गरी सवारी साधन चलाउने १५२ जना चालकलाई कारवाही गरेको छ। आइतबार यो संख्या १४८ रहेको थियो।

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा सोमबार एकैदिन २ हजार ३६८ जना सवारी चालकलाई कारवाही गरेको थियो। विभिन्न ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई उपत्यकाको विभिन्न स्थानबाट कारवाही गरिएको थियो।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सोमबार कारवाहीमा पर्ने सवारी चालकमा फुटपाथमा पार्किङ गर्ने १९४ जना, मदिरा पिएर सवारी साधन चलाउने १५२ जना, तिब्र गतीमा सवारी साधन चलाउने १२२ जना र लेन उल्लंघन गर्ने १०७ जना रहेका छन्।

यस्तै सोमबार नै जथाभावी यात्रु चढाउने तथा ओराल्ने ९५ जना, ढोका खुल्लै राखेर सवारी चलाउने ७१ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ५६ जना, क्षमता भन्दा बढी यात्रु राख्ने ३५ जना र अवस्था ठिक नभएका सवारी साधन चलाउने ३० जना चालकलाई पनि कारवाही गरिएको सो कार्यालयले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *