एमाले कर्मचारी संगठनमा पराजुली

डिसी नेपाल
२४ जेठ २०७९ ११:३५

फिदिम। प्रदेश १ को एमालेनिकट नेपाल निजामती कर्मचारी संगठनको अध्यक्षमा मोरङका काशीराज पराजुली निर्वाचित भएका छन् । उदयपुरको गाइघाटमा भएको पहिलो प्रदेश कर्मचारी संगठन अधिवेशनले पराजुलीको नेतृत्वमा कमिटी गठन गरेको हो ।

नेकपा एमाले प्रदेश १ इन्चार्ज देवराज घिमिरेले उद्घाटन गरेको अधिवेशन सर्वसम्मत चयन भएको छ । कमिटीमा उपाध्यक्षमा भीमा भट्टराई र फणिन्द्र विक निर्वाचित भए ।

महासचिव रेवती पोखरेल, सचिव ३ जनामा रमेश खतिवडा, राजु गिरी र प्रवल घिमिरे निर्वाचित भएका छन् । कमिटीको कोषाध्यक्षमा ठमेन्द्र पौडेल निर्वाचित भए ।

नवनिर्वाचित कार्यसमिति सदस्य प्रदीप अधिकारीका अनुसार कार्यसमिति सदस्यहरुमा अनिल पोखरेल, शंकर आचार्य, तारावीर खड्का, दुर्गावहादुर थापा, चन्द्रप्रकाश पोखरेल, कृष्ण रुचाल, व्यन्जना गुरुङ छन् ।

यस्तै कल्याणी राई, पम्फा घले, निकेश भट्टराई, प्रदिप अधिकारी, टिकाराम सुनुवार, डिल्ली नेपाल, प्रदिप चौलागाई, राम निरौला, तिलक राई र यादवप्रसाद धमाला निर्वाचित भएका हुन् । यो कमिटी गठनपछि निस्कृय प्रायः थियो । अधिवेशनपछि भने गति लिने अध्यक्ष पराजुली बताउँछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *