कटुवा पेस्तोल र गोलीसहित एक जना भारतीय पक्राउ
सुनसरी। प्रहरीले एक थान कटुवा पेस्तोल र सोही पेस्तोलको तीन राउण्ड गोलीसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा २७ वर्षीय ओम प्रकाश पाल रहेका छन्। उनलाई गएराति प्रहरीले पक्राउ गरेको हो। उनी हरिनगरा गाउँपालिका–४ स्थित सोनु मेहताको घरमा बस्दै आएका थिए।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनलाई उक्त पेस्तोल र गोली सहित फेला पारी पक्राउ गरेको हो। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment