धोबीखोलामा पुरुषको शव फेला

डिसी नेपाल
२४ जेठ २०७९ १२:४७

काठमाडौं।जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले धोवीखोलामा डुबेको अवस्थामा अन्दाजी ४०/४५ वर्षीय पुरुषको शव फेला परेको जानकारी दिएका छन्। स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीलाई खबर गरेसँगै उपत्यका अपराध अनुसन्धान कार्यालय बानेश्वर र प्रहरी वृत्त महाराजगञ्जको प्रहरी टोली घटनास्थल पुगेर उक्त शवको मुचुल्का उठाउने र शवपरीक्षणका लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रवक्ता मैनालीले बताए । त्यसबारे आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । शवको पहिचान नभएको प्रवक्ता मैनालीले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *