चितवनमा नयाँ चरा भेटियो

डिसी नेपाल
२५ जेठ २०७९ १०:४२
136
Shares

चितवन। चितवनमा नयाँ प्रजातिको चरा भेटिएको छ। नेपाल पक्षीविद् सङ्घ बागमती प्रदेशका अध्यक्ष वासु बिडारीका अनुसार खैरहनी नगरपालिका–११ पिडहनी क्षेत्रमा धानबारीमा नयाँ प्रजातिको चरा भेटिएको हो।

छ दिनअघि वर्ड एजुकेशन सोसाइटी सौराहाका सदस्य राजु तामाङले सो चराको तस्वीर लिएका थिए। नयाँ चरा भेटिएपछि चराविज्ञ डा हेमसागर बरालसहितको विज्ञ समूह मङ्गलबार चितवन आएर थप अध्ययन गरेको थियो।

बिडारीका अनुसार मङ्गलबार पनि चरा भेटिएको थियो। विज्ञहरूले उक्त चरा चाइनिज पोण्ड हेरोन भएको बताएका छन्। यो चरा चीन, भारत, हङ्कङलगायत देशमा पाइन्छ। फिरन्तेका रूपमा यो चरा यहाँ आएको हुनसक्ने अनुमान गरिएको छ । यो चरा लजालु स्वभावको भएको बिडारी बताउँछन्।

यससँगै नेपालमा चराको प्रजाति सङ्ख्या ८९१ पुगेको छ । चितवनमा मात्रै ६५० प्रजातिका चरा रहेको पाइएको छ। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *