इम्बोस्ड नम्बर ठेक्का बारे छानबिन गर्न युवा संघको अख्तियारमा उजुरी (फोटोफिचर)

डिसी नेपाल
२५ जेठ २०७९ १४:४२
300
Shares

काठमाडाैं। राष्ट्रिय युवा संघ नेपालले इम्बोस्ड नम्बर प्लेटमा भएको अनियमितातको छानबिनको माग गर्दै अख्तियार दुरुपयोग अनुन्धान आयोग, टंगाल, काठमाडौंमा उजुरी दिएको छ । उजुरीमा अनियमिततामा सम्लग्न व्यक्तिमाथि छानबिन र कारबाहीको माग गरिएको छ ।

युवा संघमा अवद्ध नेता कार्यकर्तासहित पुगेको टोलीले विश्व बैंकले कालोसूचीमा राखेको कम्पनीलाई इम्बोस्ड नम्बर राख्ने ठेक्का किन दिनु परेको ? इम्बोस्ड नम्बर प्लेटमा देवनागरी लिपि किन राख्नु नपर्ने ? एक महिनाभित्रै इम्बोस्ड नम्बर प्लेट राख्नु पर्ने किन ? लगायतका प्रश्न सोधेको छ ।

युवा संघले विश्व बैंकले कालोसूचीमा राखेको कम्पनीलाई इम्बोस्ड नम्बर प्लेटको ठेक्का दिइएको भन्दै इम्बोस्ड नम्बर प्लेटमा देवनागरी लिपी नराख्नुपर्ने कारण, एक महिनाभित्रै इम्बोस्ड जडान गर्नुपर्ने किन र जनतामाथि अस्वाभाविक महँगी र दबाब किन दिइएको भन्दै अख्तियारको ध्यानाकर्षण गराएको युवा संघ स्थायी कमिटी सदस्य निराेज पाैडेलले जानकारी दिए।

मंगलबार युवा संघले यातायात विभाग अगाडि प्रदर्शन गर्दै इम्बोस्ड नम्बरमा प्रधानमन्त्रीको परिवारकै मिलेमतोमा नीतिगत भ्रष्टाचार भएको आरोप लगाएको थियो।

इम्बोस्ड नम्बर प्लेटमा सरकारले जबर्जस्ती गरेको भन्दै एमाले केन्द्रीय सदस्यसमेत रहेका युवा संघ अध्यक्ष पौडेलले प्रधानमन्त्री देउवा पत्नी आरजुका भाइ भूषण राणाको सेटिङमा चलखेल भइरहेको आरोप लगाए।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *