खाद्य कम्पनीले रद्द गर्‍याे अधिकृतको लिखित परीक्षा

डिसी नेपाल
२६ जेठ २०७९ ८:४६

काठमाडौं। खाद्य व्यवस्था तथा व्यापार कम्पनी (साविकको नेपाल खाद्य संस्थान) ले तीन वर्ष अघि लिएको अधिकृत तहको लिखित परीक्षा रद्द गरेको छ। कम्पनीले १२, २६ र २७, २०७५ लिखित परीक्षा लिएको थियो।

कम्पनीले बिहीबार सार्वजनिक सूचना जारी गरेर विज्ञापन नम्बर २१-०७५-७६ अधिकृत, प्रशासन, तह-६ खुलातर्फको लिखित परीक्षा रद्द गरेको जानकारी दिएको हो।

कम्पनीका अनुसार सर्वोच्च अदालतको फैसला र लोकसेवा आयोगको पत्र अनुसार परीक्षा रद्द गरिएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *