छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

डिसी नेपाल
२६ जेठ २०७९ १२:३६

काठमाडौं। तेह्रथुम, कैलाली, पाँचथर, धादिङ र बाँकेमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ।

तेह्रथुमको म्याङलुङ नगरपालिका–१ डबलीमा प्रदेश नम्बर १–०२–००३ त ४९८ नम्बरको ट्रयाक्टर बुधबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चालक फेदाप गाउँपालिका–५ ईसिबु बस्ने २६ वर्षीय रबिन खापुङ रहेका छन् । उनको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

कैलालीको घोडाघोडी नगरपालिका–२ पान्डेचोक साडेपानीमा सुदूरपश्चिम प्रदेश ०१–००८ प ६४०७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी नगरपालिका–२ साडेपानी बस्ने ५५ वर्षीया तारा रावल रहेकी छन् । उनको बुधबार राति मृत्यु भएको हो।

ठक्करबाट गम्भीर घाइते भएकी उनको घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पाँचथरको हिलिहाङ गाउँपालिका–७ सल्लेरीमा मे.१ ख २४९४ नम्बरको ट्याङ्कर  र को.५ प २३३० नम्बरको मोटरसाइकल बुधबार ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सुनसरी रामधुनी नगरपालिका–७ बस्ने २६ वर्षीय प्रेम घिसिङ रहेका छन्।

दुर्घटनामा गम्भीर घाइते भएका उनको समर्पित अस्पताल हुँदै बिएण्डसि अस्पताल झापामा थप उपचारको क्रममा मृत्यु भएको हो।  दुर्घटनामा गम्भीर घाइते भएकी उनकै  श्रीमती २६ वर्षीया  कञ्चन मगरको सोही अस्पतालमा उपचार भइरहेको छ।

धादिङको धुनिबेशी नगरपालिका–६ चालिसेमा ना.८ ख ५१७३ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा गोरखा गण्डकी गाउँपालिका–५ दरबुङ बस्ने ४४ वर्षीया राम माया बिक रहेकी छन्

ठक्करबाट गम्भीर घाइते भएकी उनको ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।  ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बाँकेको जानकी गाउँपालिका–६ कोठारपुरस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा हाल पहिचान नखुलेकी करिब ३० वर्षीया महिला रहेकी छन्। उनको बिहीबार बिहान मृत्यु भएको हो।

ठक्करबाट गम्भीर घाइते भएकी उनको भेरी अस्पताल नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो। हाल फरार सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *