हिमाली क्षेत्रमा निःशुल्क सोलार वितरण

डिसी नेपाल
२६ जेठ २०७९ १३:४१

जाजरकोट।केन्द्रीय विद्युत् प्रसारण लाइनको पहुँचमा नभएको उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाका ५० घरधुरीलाई सौर्य ऊर्जा (सोलार)बाट विद्युत् पाएका छन् ।

डोल्पोबुद्ध गाउँपालिका–६ का १२८ घरधुरीमा ५० वाटको सोलार जडान गरिएको वडाध्यक्ष नुर्बु डम्डुल गुरुङले जानकारी दिए। कादुरी नामक संस्थाको सहयोगमा वडाका सम्पूर्ण घरधुरीलाई निःशुल्क सोलार प्रदान गरिएको उनले बताए ।

संस्थाले सोलार खरिद गरिदिएर जाजरकोटको नलगाड नगरपालिका–१२ तल्लुबगरसम्म ढुवानी गरिदिएको थियो । यसपछि स्थानीय आफैँले सोलार ढुवानी गरेका थिए । सोलारले दैनिकीमा सजिलो भएको स्थानीयवासी सेनाङ लामाले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *