३१ वर्ष कान्छी युवतीसँग बिहे गरेर ४ महिनामै डिभोर्सका कारण चर्चित पाकिस्तानी सांसद मृत भेटिए

डिसी नेपाल
२६ जेठ २०७९ १५:१९
5.4k
Shares

काठमाडौं । पाकिस्तानी सांसद अमिर लियाकतको कराँचीमा निधन भएको छ । जिओ टिभीले लियाकतका सेवकलाई उद्धृत गर्दै यो खबर दिएको हो । उनी कराँचीस्थित आफ्नै अपार्टमेन्टमा मृत फेला परेका थिए ।

उनको हृदयघातका कारण मृत्यु भएको आशंका गरिएको छ । आमिर लियाकत हालै दोस्रो श्रीमतीसँगको सम्बन्ध विच्छेद र तेस्रो विवाहलाई लिएर चर्चामा आएका थिए । आमिर लियाकतको उमेर मात्र ४९ वर्ष थियो । उनको जन्म सन् १९७२ मा कराँचीमा भएको थियो । आमिर लियाकतले तीनवटा विवाह गरेका थिए ।

उनले सन् २०१८ मा तौबा अनवरसँग दोस्रो विवाह गरेका थिए । त्यसपछि उनीसँग सम्बन्धविच्छेद भएपछि उनले सन् २०२२ मा ३१ वर्ष कान्छी दानिया शाहसँग विवाह गरे । तर, विवाह भएको केही दिनमै १८ वर्षीया दानियाले उनीसँग सम्बन्धविच्छेद मागेकी थिइन् ।

बुधवार रातिदेखि उनको स्वास्थ्य खराब रहेको सेवकलाई उद्धृत गर्दै जियो न्यूजले भनेको छ । समाचारमा उनले अस्पताल जान नमानेको बताइएको छ । यसपछि पीडाले चिच्याएपछि उनका सेवक पुगेका थिए तर ढोका बन्द थियो । ढोका फुटाएर भित्र जाँदा उनी कोठामा अचेत अवस्थामा थिए । यसपछि उनलाई अस्पताल लगिएको थियो, जहाँ उनको मृत्यु भएको थियो ।

आमिर लियाकत मार्च २०१८ मा इमरान खानको पार्टी पीटीआईमा सामेल भएका थिए। त्यसपछि उनी कराँचीबाट सांसद निर्वाचित भए । तर, पछि उनले पार्टीबाट राजीनामा दिए । पीटीआईमा सामेल हुनुअघि उनी मुत्ताहिदा क्वामी मूवमेन्टका ठूला नेता थिए। तर उनी सन् २०१६ को अगस्टमा पार्टीबाट अलग भए ।

त्यतिबेला उनले राजनीति छाड्ने घोषणा गरेका थिए । तर, २०१८ मा उनी इमरान खानको पार्टीमा मात्रै सामेल भएनन्, कराचीबाट सांसद पनि निर्वाचित भए । लियाकत लामो समयदेखि सञ्चार क्षेत्रसँग आवद्ध थिए । २००१ मा, उनी जियो टिभीमा जोडिए। यसपछि उनी बोल न्यूजमा पनि देखा रे । लियाकत पछिल्लो पटक बोल हाउसको कार्यक्रममा देखिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *