नर्वे रोकियो, स्विडेन पराजित

डिसी नेपाल
२७ जेठ २०७९ ६:१२
80
Shares

काठमाडौं। यूएईएफए नेसन्स लिग अन्तर्गत बिहीबार राति भएको खेलमा स्विडेन पराजित हुँदा नर्वे गोलरहित बराबरीमा रोकिएको छ। घरेलु मैदान उलेभालमा भएको खेलमा नर्वे १० खेलाडीमा सिमित स्लोभेनियासँग गोलरहित बराबरीमा रोकिँदै अंक बाढ्न बाध्य भयो । स्लोभेनियाका मिहा ब्लाजिकले ६३ औं मिनेटमा रातो कार्डको सामना गर्दै मैदान छाडे।

यता, अर्काे खेलमा स्विडेन घरेलु मैदानमा सर्वियासँग १–० ले पराजित भयो । सर्वियाको जितमा लुका जोभिकले गोल गरे । उनले पहिलो हाफको इन्जुरी समयमा गरेको गोल नै निर्णायक सावित भयो ।

खेलसँगै समूह बी ४ मा नर्वे तीन खेलबाट ७ अंक सहित शीर्षस्थानमा छ । समान खेलबाट ६ अंकको सर्विया दोस्रो स्थानमा छ । यता, तीन अंकको स्विडेन र १ अंकको स्लोभेनिया क्रमशः तेस्रो र चोथो स्थानमा छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *