भारतमा ४.८ प्रतिशतले बढ्यो कोरोना संक्रमित, मृत्यु हुनेको संख्या तेब्बर
काठमाडौँ। छिमेकी देश भारतमा फेरी कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ। पछिल्लो २४ घण्टामा भारतमा ७ हजार ५८४ नयाँ कोरोना संक्रमित भेटिएका छन् । बिहीबारको तुलनमा ४.८ प्रतिशतले बढी कोरोना संक्रमित फेला परेका छन्।
भारतमा हालसम्म ४ करोड ३२ लाख ५ हजार १०६ जनामा कोरोना संक्रमण देखिएको छ । भारतमा सबैभन्दा बढी महाराष्ट्र र केरलामा संक्रमित भेटिएका छन् ।
सबैभन्दा बढी संक्रमित ५ राज्यहरूको बारेमा कुरा गर्दा, महाराष्ट्रमा सबैभन्दा बढी २८१३, केरलामा २१९३, दिल्लीमा ६२२, कर्नाटकमा ४७१ र हरियाणामा ३४८ थिए। भारतमा भेटिएका कुल संक्रमितमध्ये ८५ प्रतिशत यी ५ राज्यमा भेटिएका छन् । जबकि महाराष्ट्रमा मात्र ३७.०९ प्रतिशत संक्रमित फेला परेका छन्।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण २४ जनाको मृत्यु भएको छ । जबकि एक दिन अघि मात्रै ८ जनाको मृत्यु भएको थियो । भारतमा महामारीका कारण अहिलेसम्म ५ लाख २४ हजार ७४७ जनाको ज्यान गएको छ ।
भारतमा ९८.७ प्रतिशत कोरोना संक्रमण निको भइसकेको छ। पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ९१ जना कोरोनाबाट निको भएका छन् । हालसम्म देशमा ४ करोड २६ लाख ४४ हजार ९२ जना कोरोनाबाट निको भएका छन् ।
भारतमा पछिल्लो २४ घण्टामा ३ हजार ७६९ जना सक्रिय कोरोना संक्रमित बढेको छ। यो समेत गरेर भारतमा सक्रिय कोरोना संक्रमितको संख्या ३६ हजार २६७ पुगेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment