हप्तामा ४ दिन काम ३ दिन विदा !
काठमाडौं । धेरै देशमा चार दिन काम र तीन दिन बिदाको सूत्रमा काम भइरहेको छ । यसै एपिसोडमा अब बेलायत पनि फोर डे वर्क वीक क्लबमा सामेल भएको छ । यहाँका कम्पनीहरूले हप्ताको चार दिन काम गर्ने र तीन दिन बिदा दिने सूत्र लागू गरेका छन् । जसमा बैंकिङ, हस्पिटालिटीजस्ता क्षेत्रका करिब ७० कम्पनी रहेका छन् ।
अहिले ६ महिनाको पाइलट कार्यक्रम अन्तर्गत यो अभ्यास सुरु भएको छ । यी ७० बेलायती कम्पनीका हजारौं कर्मचारी हप्ताको चार दिन मात्रै काममा आउनु पर्ने भए पनि तलब भने दिइने छ, अर्थात् बिदा लम्बिएमा तलब कटौती हुने छैन ।
यो पाइलट कार्यक्रम गैर नाफामूलक समूह ‘फोर डे वीक ग्लोबल’, ‘फोर डे वीक युके क्याम्पेन’ र अटोनमीले सुरु गरेको हो । यसबाट कर्मचारीको उत्पादकत्व र जीवनस्तरमा परेको असरको मूल्याङ्कन गरिनेछ । नतिजा २०२३ मा घोषणा गरिनेछ। पाइलट कार्यक्रममा अक्सफोर्ड र क्याम्ब्रिज विश्वविद्यालयका शिक्षाविद्हरू साथै बोस्टन कलेज, संयुक्त राज्य अमेरिकाका विज्ञहरू सामेल छन्।
बेलायतमा सुरु भएको चार दिने कार्य सप्ताह अभियानमा ३ हजार ३ सयभन्दा बढी कर्मचारी सहभागी छन् । यसमा बैंकिङ, मार्केटिङ, रिटेल, फाइनान्सलगायत अन्य धेरै क्षेत्रका व्यक्तिहरू सामेल छन्। यो ट्रिकले मानिसको मानसिक स्वास्थ्यमा सुधार ल्याउने, कार्यालयमा उत्पादनशीलता बढाउने र जीवनमा गुणस्तरीयता ल्याउने अभियान चलाउने एक व्यक्तिले बताए ।
उल्लेखनीय कुरा के छ भने बेलायतमा दर्जनौं कम्पनीले चार दिन काम गर्ने सूत्रमा काम गरिरहेका छन् । तर, यसपटक भने ठूलो परिमाणमा सुरु भएको छ । अपेक्षित नतिजा आएपछि सरकारले पनि यो सूत्र ग्रहण गरी नियम बनाउन सक्छ । जापानजस्ता धेरै देशमा पनि चार दिन काम गर्ने चलन बढेको छ ।







डिसी नेपाल







Facebook Comment