राष्ट्रिय कृषक दिवसमा हाजिरी जवाफ प्रतियोगिता

डिसी नेपाल
२७ जेठ २०७९ १८:५७

खोटाङ । १०औं राष्ट्रिय कृषक दिवसको अवसरमा खोटाङमा जिल्ला स्तरीय अन्तर मावि हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको छ । राष्ट्रिय कृषक दिवसको अवसरमा शुक्रबार कृषि ज्ञान केन्द्रको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गरिएको हो ।

प्रतियोगितामा माउण्ट एभरेस्ट बोर्डिङ स्कुल दिक्तेलका वेदना राई, अजय राई र हिमाल राईको समूह प्रथम, सरस्वती माविका विनीता गिरी, यूनिस ढुंगाना र एलिस आचार्यको समूह दोस्रो तथा पञ्च माविका भुवन आचार्य, सुप्रभ ढकाल र पूर्णिमा बास्तोलाको समूह तेस्रो भएका छन् ।

प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो स्थान प्राप्त सहभागीलाई क्रमशः ११ हजार, ९ हजार र ७ हजार का साथमा प्रमाण–पत्र प्रदान गरिएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी एवं कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितले जानकारी दिए । कार्यक्रम कृषि ज्ञान केन्द्रका प्रमुख हरिनारायण राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *