नुवाकोटमा बिजुली प्रशारण लाइनमा चढे एक व्यक्ति, माथिल्लो त्रिशुलीको उत्पादन बन्द

डिसी नेपाल
२८ जेठ २०७९ १६:२०
1.4k
Shares

नुवाकोट। नुवाकोटमा बिजुलीको पोलबाट प्रशारण लाइनमा एक अज्ञात व्यक्ति चढेपछि माथिल्लो त्रिशुलीको उत्पादन बन्द भएको छ।

ककनी नगरपालिका वडा नं ७ को बिजुलीको पोलबाट चढेर ती व्यक्ति तारमा झुन्डिरहेका छन्। उनलाई यतिबेला प्रहरी र स्थानियले तल झर्न आग्रह गरिरहेका छन्।

तारमा ती व्यक्ति झुन्डिएपछि यतिबेला ६० मेगावाटको त्रिशुली थ्री ए आयोजना नै बन्द गर्नु परेको हो । करेन्ट लाग्नसक्ने आशंकामा विद्युत बन्द गरिएको हो।

आयोजना ठप्प हुँदा काठमाडौंको विद्युत व्यवस्थापनमा समेत समस्या परेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

पोल चढेर तारमा झुन्डिएका ती व्यक्तिको मानसिक अवस्था कमजोर भएको आशंका गरिएको छ। फकाउँदासमेत उनी तल झर्न मानेका छैनन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *