त्रियुगा नगर कार्यपालिकामा वाम गठबन्धन विजयी, कांग्रेसले ‘फ्लोवर क्रस’ गर्‍यो

डिसी नेपाल
२८ जेठ २०७९ १७:१८

उदयपुर । त्रियुगा नगर कार्यपालिकाको शनिवार सम्पन्न निर्वाचनमा वाम गठबन्धन विजयी भएको छ । निर्वाचनमा नेपाली कांग्रेसका सदस्यहरूले ‘फ्लोवर क्रस’ गर्दा बामगठन्धन निर्वाचित भएको हो ।

त्रियुगा नगर कार्यपालिकामा नेपाली काग्रेसको स्पष्ट बहुमत थियो । तर, निर्वाचनमा दुई मत ‘फ्लोवर क्रस’ हुँदा विपक्षी बाम गठबन्धन विजयी भएको हो । महिला, दलित, अल्पसंख्याकलाई कार्यपालिकामा निर्वाचित गराउने क्रममा कांग्रेसले ‘फ्लोवर क्रस’ गरेपछि बाम गठबन्धनको जित भएको हो । आठ जना उम्मेदवारलाई कार्यपालिका सदस्यमा निर्वाचित गर्नुपर्नेमा फ्लोवर क्रस गरेर सात जना निर्वाचित भए पनि एक जनाको बराबरी मत आएको थियो । पछि गोला प्रथाद्धारा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएको छ ।

त्रियुगा नगरपालिकामा कुल ८२ मत रहेकोमा नेपाली कांग्रेसको मात्रै ४२ मत थियो भने बाम गठबन्धनको ४० मत मात्र थियो । अल्पसंख्यकबाट नेकपा एमालेका डिल्लीसेर राई र नेकपा माओवादी केन्द्रका विमल राईले ४२–४२ मत प्राप्त गरी निर्वाचित भएका छन् । यसैगरी, महिलातर्फ गीताकुमारी उप्रेती एमाले, रेणुका श्रेष्ठ एमालेले ४१–४१ मत प्राप्त गरी निर्वाचित भए ।

दलित तर्फबाट कुन्ति परियार नेकपा माओवादी केन्द्र, सुनिता गजमेर नेकपा एमालेले ४१–४१ मत प्राप्त गरी निर्वाचित भएका छन् भने कांग्रेसका बलदेव विश्वकर्मा र नेकपा माओवादी केन्द्रका प्रल्हादकुमार विश्वकर्माको ४१–४१ मत बराबरी आएपछि गोला प्रथाद्धारा कांग्रेसका बलदेव बिश्वकर्मा निर्वाचित भए । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आठ जना कार्यपालिका सदस्य मध्ये नेकपा एमालेले चार सिट, नेकपा माओवादी केन्द्रले तीन सिट र गोला प्रथाद्धारा कांग्रेसले एक सिट हात पारेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *