भक्तपुरमा ४३ जना ट्राफिक प्रहरीको निःशुल्क स्वास्थ्य परीक्षण

डिसी नेपाल
२८ जेठ २०७९ १९:१२
124
Shares

भक्तपुर । क्लिनिक वान सूर्यविनायक भक्तपुरको प्राङ्गणमा शनिबार सञ्चालित स्वास्थ्य शिविरमा भक्तपुर जिल्लाका ४३ जना ट्राफिक प्रहरीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । भक्तपुरमा बढिरहेको वायु प्रदूषण र त्यसबाट ट्राफिक प्रहरीलाई परिरहेको असरलाई मध्यनजर गर्दै परीक्षण सेवा सञ्चालन गरिएको हो ।

यस अवसरमा वरिष्ठ पुल्मनोलोजिस्ट डा। राजेश किशोर यादव, कान, नाक तथा घाटी विशेषज्ञ डा। रूपक खड्का र आँखा रोग विशेषज्ञ डा। टिना श्रेष्ठ तथा क्लिनिक वान भक्तपुरका कर्मचारीले ट्राफिक प्रहरीहरूको रक्तचाप, मधुमेह, आँखा, कान, नाक, घाटी तथा छातीको परीक्षण गरेका थिए । उनीहरूको फोक्सोको क्षमताको परीक्षण पनि गरिएको थियो ।

स्वास्थ्य शिविरमा सहभागी भएका धेरै ट्राफिक प्रहरीमा श्वासप्रश्वासको समस्या देखिएको चिकित्सकले जनाएका छन् । त्यस्तै, ट्राफिक प्रहरीमा आँखाको समस्या पनि देखिएको छ ।

‘सडकमा बढ्दो सवारी तथा बढ्दो वायु प्रदूषणका कारण ट्राफिक प्रहरीहरूको स्वास्थ्य जोखिममा रहेको छ,’  उपचारमा संलग्न डा। रूपक खड्काले भने, ‘हामीले ट्राफिक प्रहरीलाई ड्युटीमा हुँदा मास्क अनिवार्य रूपमा लगाउन सल्लाह दिएका छौं ।’

लायन्स क्लब भक्तपुर दरबार स्क्वायर, क्लिनिक वान भक्तपुर, धनञ्जय बचत तथा ऋण सहकारी संस्था र उज्यालो बचत तथा ऋण सहकारी संस्थाले संयुक्त रूपमा स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *