डा. कोइराला रिसर्च इंस्टीट्यूट फर बायोटेक्नोलोजीको पाँचौँ साधरण सभा सम्पन्न

डिसी नेपाल
२८ जेठ २०७९ २३:०२
252
Shares

काठमाडौं । डा. कोइराला रिसर्च इंस्टीट्यूट फर बायोटेक्नोलोजी एण्ड बायोडाइभर्सिटी (डा. क्रिब)को पाँचौँ साधरण सभा सम्पन्न भएको छ।

वि.सं. २०७३ सालमा स्थापित उक्त गैर नाफामुलक संस्था नेपालको जैविक विवधता संरक्षण साथै जैविक प्रविधि उपयोग गर्ने उद्देश्यले स्थापना गरिएको संस्थाका संस्थापक पोखरा निवासी वरिष्ठ अनुसंधान वैज्ञानिक डा. निरञ्जन कोईरालाले बताए ।

पोखरामा भएको कार्यक्रममा डा. निरञ्जन कोइरालाको अध्यक्षता, नेपाली काँग्रेसका केन्द्रीय सदस्य गुरू बरालको प्रमुख आतिथ्यता, गण्डकी प्रदेश नीति तथा योजना आयोग का सदस्य डा. सुवास अधिकारीको विशिष्ट आथित्यता साथै प्रोषणबिद डा. सुधाश्री अधिकारी, डा. केशव भट्टराई र वसन्त बरालको आतिथ्यता रहेको थियो। सो कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुरू बराल ले भने, ‘वनस्पति अनुसन्धान तथा पर्यावरण संरक्षणमा क्षेत्रमा यस संस्थाले पुर्‍याएको योगदानको प्रशंसा गर्दछु भने अनुसन्धान क्षेत्रमा निरन्तर अगाडि बढ्न मेरो शुभकामना सँगै यस मेरो पूर्ण साथ सहायोग हुनेछ।’ साथै हाम्रै मुलुकभित्रका जडिबुटीहरूलाई आफैले प्रशोधन गर्नुपर्ने कुरामा उनले जोड दिए ।

त्यस्तै डा. सुबास अधिकारीले कृषि तथा वन मन्त्रालयसँग सहकार्य गरेर अगाडि बढ्नुपर्ने कुरा बताए । यस्तै कार्यक्रमा अन्य वक्ताहरुले पनि आ-आफ्नो धारणा राखेका थिए।

संस्थाका संस्थापक डा. निरञ्जन कोइरालाले नेपालमा जडिबुटीहरू घाँस दाउरा रूपमा खेर गाई रहेको साथै प्रशोधन अभावमा सस्तोमा बिक्री गरीरहेको र सोहि जडिबुटीका प्रशोधित औषधिहरू महँगोमा खरिद गर्नुपरेको तितो यार्थलाई प्रस्तुत गरे।

नेपालमा देखिएको फोहोरमैला तथा वातावरण सम्बन्धि समस्याको प्रसंगमा बोल्दै डा. कोइरालाले फोहोरलाई मोहोरमा बदल्न फोहोरबाट बायोग्याँस, बायोडिजेल, बायोइलेक्ट्रिसिटीका रूपमा उत्पादन गर्न सकिने कुरालाई बेजोड ढङ्गले प्रस्तुिकरण गरे।देशका विभिन्न भागका जडिबुटीहरूमा अनुसन्धान गरेर अन्तराष्ट्रिय स्तरका जर्नलहरूमा प्रकाशित गरेका कुराको पुष्टि गरे।

साथै देश एवम् जनता को समृद्धिको लागि अनुसन्धान क्षेत्रमा प्रयाप्त बजेटको विनियोजन गरीदिन सम्पूर्ण सरोकारवालाहरूमा अपील समेत गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *