कोरोनाभाइरस संक्रमित सोनिया गान्धीको स्वास्थ्य बिग्रियो, अस्पतालमा भर्ना
काठमाडौं । भारतीय कांग्रेस पार्टीकी अध्यक्ष सोनिया गान्धी अस्पताल भर्ना भएकी छन् । पार्टी प्रवक्ता रणदीप सुरजेवालाले सोनियालाई कोभिडको समस्या देखिएपछि आइतबार दिल्लीको गंगाराम अस्पतालमा भर्ना गरिएको जानकारी दिएका छन् ।
उनले सोनिया गान्धीको स्वास्थ्य स्थिर रहेको र उनलाई अस्पतालमा निगरानीमा राखिएको बताए । “हामी सबै कांग्रेस कार्यकर्ता र शुभचिन्तकहरूलाई उहाँको स्वास्थ्यलाभको शुभकामनाको लागि धन्यवाद दिन्छौं,” उनले भने।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment