तमोर करिडोर : १६९ किलोमिटर दूरी कम, ५ घण्टा समय बचत

डिसी नेपाल
३० जेठ २०७९ ८:४०

पाँचथर। मेची र कोशीको सिमाना भएर बग्ने तमोर नदी करिडोर सडक निर्माणले सुदूर पूर्वमा अलग्गै पहिचान र महत्व झल्कँदै गएको छ। फिदिम हुँदै इलाम, झापाको बिर्तामोड, दमक सुनसरीको इटहरी र धरानसम्मको सडक दूरी १ सय ६९ किलोमिटर कम भएको छ।

अब तमोर करिडोरको बाटो फिदिम हुँदै धनकुटा, हिले र धरान पुग्न ९४ किलोमिटर दूरी पार गर्नुपर्छ। यता फिदिमदेखि इलामहुँदै धरान पुग्न २ सय ६३ किलोमिटर टाढा पर्छ। जसको अन्तर १ सय ६९ किलोमिटर हो।

मे १ ज २०७३ ट्याक्सी चालक प्रकाश गजुरेलका अनुसार तमोर करिडोरको सडक धरान पुग्न ४ देखि साढे ४ घण्टा लाग्छ । यता फिदिमदेखि इलाम हुँदै धरान पुग्न ९ देखि १० घण्टा लाग्छ । चालक गजुरेलले डिसी नेपालसित भने, ‘झापाको बिर्तामोडदेखि धरान, इटहरी र बिराटनगरतर्फ जाने यात्रीहरु सकेसम्म तमोर करिडोरकै बाटो हिड्न थालेका छन्।’

करिडोरको बाटोमा ट्याक्सीहरुले प्रति यात्री ८ सयदेखि ९ सय रुपैयाँ भाडा लिन्छन् । फिदिम–इलामहुँदै धरान पुग्न १ हजार ३ सयदेखि १ हजार ४ सय रुपैयाँसम्म भाडा तिर्नु पर्छ । ‘गाडी भाडा रकम र समय दुबै बचत हुँदा यात्रीहरु करिडोरकै बाटो हिड्न थालेका हुन्,’ फिदिम- १ का व्यवसायी तथा सहकारी अभियन्ता सूर्यकुमार निरौलाले भने।

करिडोरको बाटोमा ३ वटा खोलामा पक्की पुल निर्माण गर्न बाँकी छ। नावा, छरुवा र रगुवा खोलामा पुल नभएकोले वर्षातको समय असारदेखि भदौंसम्म गाडी चलाउन सम्भव छैन। यी खोलामा पुल बनेपछि भने १२ महिना नै सहज रुपमा यातायात सञ्चालन हुने देखिन्छ। करिडोर सडकको ग्राभेल निर्माण चरण अन्तिममा पुगेको छ।

पाँचथरको गणेशचोकदेखि सुनसरीको चतरासम्मको १ सय ५३ सडक निर्माणसँगै पाँचथर, ताप्लेजुङ, तेह्रथुम र धनकुटाका बासिन्दा प्रत्यक्ष रुपमा लाभान्वित हुने देखिन्छ।
यो सडक खण्डमा ६ अर्ब १५ करोड १४ लाख रुपैँया खर्च गर्दै सडक स्तरोन्नती गरिएको हो। तमोर नदिको कीनारमा १० मिटर चौडा भएको सडक निर्माण भएको हो। यो सडक निर्माणले कृषि उपजको बजारीकरणमा सहजता आउने र ताप्लेजुङको ओलाङ्चुङगोला जोड्ने उत्तर-दक्षिण सडकले भारत र चीनको बजार जोड्ने योजना छ।

सुनसरीको चतरादेखि धनकुटाको मूलघाट आएपछि तमोर करिडोरको बाटो पाँचथरको सुभाङ खोलाहुँदै मेची राजमार्ग छोएर गणेश चोक पुग्छ । यसअघि बनेको मध्यपहाडी लोकमार्ग घुमाउरो भएकाले छिटो बाटो रोजिएको हो ।

अब ताप्लेजुङ, पाँचथर, धनकुटा र तेह्रथुममा उत्पादन भएको तरकारीदेखि दुग्ध पदार्थसम्म सहजै रुपमा तराई पु¥याउन सकिन्छ। जसले प्रत्यक्ष रुपमा पहाडको उत्पादन प्रयोग गर्न तराईका बासिन्दा र पहाडमा उत्पादन गर्ने कृषकलाई बजारको सहजताले यो सडक दीर्घकालिन रुपमै बिशेप महत्वको भइरहने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *