बुढ्यौलीको प्रभावलाई नियन्त्रण गर्न चाहानुहुन्छ भने अपनाउनुस् यो उपाय 

डिसी नेपाल
१ असार २०७९ १४:१४

काठमाडौँ। उमेरको हरेक चरणमा, हाम्रो जीवनले नयाँ मोड लिन्छ। १६ वर्षको उमेर कहिले २६ र २६ वर्षको उमेर कहिले ३० हुन्छ थाहा हुँदैन। यो बढ्दो उमेरको अनुमान तब हुन्छ जब यसको प्रभाव हाम्रो अनुहारमा देखिन थाल्छ। ऐनाको अगाडि उभिएर आफूलाई हेर्दा आफ्नै अनुहार अपरिचित देखिन थाल्छ । जति उमेर बढ्दै जान्छ त्यति नै हाम्रो अनुहारको आकर्षण कम हुन थाल्छ।

उमेर बढ्दै जाँदा बुढयौली हुने प्रक्रिया सबैभन्दा बढी छालामा देखा पर्ने हुन्छ । उमेर बढ्दै जाने प्रक्रियालाई रोक्न नसकिने भए पनि अनुहारमा देखिने बुढयौलीपनलाई केहि काम गर्न यी उपायहरू अवलम्बन गर्न सकिन्छ ।

कसरत- तपाईको दैनिक दिनचर्यामा कुनै पनि प्रकारको कसरत समावेश गर्नुहोस्। यसबाट बुढेसकालमा पनि फिटनेस कायम राख्न सकिन्छ। शरीरलाई सक्रिय राख्न दौडने, साइकल चलाउने, योग गर्ने जस्ता धेरै विकल्पहरू छन्। यी सबै क्रियाकलापले शरीरमा रक्तसञ्चार राम्रोसँग गर्न मद्दत गर्छ। जसका कारण शरीरका सबै कार्यहरू सुचारु रूपमा चल्छ र अनुहारको चमक पनि बढ्छ। व्यायामले बुढेसकालमा पनि जवान राख्ने काम गर्छ।

प्रशस्त पानी पिउनुहोस् – गर्मीमा मात्रै शरीरलाई हाइड्रेटेड राख्नुपर्छ भन्ने छैन, हरेक मौसममा यसलाई पालना गर्नुपर्छ। पर्याप्त मात्रामा पानी पिउनाले सुख्खापन हुँदैन। शरीर भित्र रहेको फोहोर पिसाबको माध्यमबाट बाहिर निस्कन्छ। साथै खानामा रहेको पौष्टिक तत्व शोस्न मद्दत गर्छ। यस बाहेक पानी पिउनुका धेरै फाइदाहरू छन्।

पर्याप्त सुत्नुहोस् –  राम्रो निद्रा तपाईको शारीरिक र मानसिक स्वास्थ्यको लागि महत्त्वपूर्ण छ। सुत्दा हाम्रो छालामा हुने क्षतिलाई ठीक गर्ने काम हुन्छ। त्यसैले हामी दैनिक ६ देखि ७ घण्टा सुत्नु आवश्यक मानिन्छ । निद्राको बेला, छालाले कोलाजेन उत्पादनको काम गर्छ, जुन छालाको लागि टोनिक जस्तै हो। यसले उमेर बढ्दै जाँदा चाउरी पर्ने प्रक्रियालाई सुस्त बनाउँछ। यसको मतलब तपाई लामो समयसम्म जवान देखिन सक्नुहुन्छ। यति मात्र होइन पर्याप्त सुतेमा आँखा सुन्निने, थकान र अन्य धेरै समस्याहरू हटाउन मद्दत गर्छ।

हेल्दी डाइट – लामो समयसम्म फिट र जवान देखिन खानपानमा विशेष ध्यान आवश्यक छ। यदि तपाई आफ्नो उमेरभन्दा जवानदेखिन चाहानुहुन्छ भने आहारमा फलफूल, जुस, हरियो सागसब्जी, दाल, सिमी र अंकुरलाई हिस्सा बनाउनुहोस्। भुटेको, जंक, चिनीजन्य पदार्थ र धेरै नुन भएको चीजहरू नखानुहोस्। खानामा चिनी र नुनको मात्रा नियन्त्रण गरेर उमेरको असरलाई धेरै हदसम्म कम गर्न सकिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *