‘मुम्बई सहर वार्षिक औसतमा २ मिलिमिटर समुद्रमा डुब्दै’

डिसी नेपाल
१ असार २०७९ १३:०५
140
Shares

मुम्बई। वैज्ञानिक जर्नलमा प्रकाशित एक अध्ययनले भारतीय मेगासिटी मुम्बईको लागि खतराको घण्टी बजाएको छ। अध्ययनले तटीय सहर मुम्बई समुन्द्रमा डुबिरहेको देखाएको छ।  प्रतिवर्ष २ मिलिमिटरको दर सानो देखिए पनि भविष्यमा बढ्दो बाढीबाट बच्न तत्काल समाधानको उपाय अपनाउनु पर्ने अध्ययन प्रतिवेदनले सुझाव दिएको छ।

मुम्बई सहर डुब्नु भनेको जमिन कमीको घटनासँग जोडिएको बताइएको छ। युनिभर्सिटी अफ रोड आइल्याण्डका अनुसन्धानकर्ताहरूले गरेको अध्ययनअनुसार चीनको तियान्जिन विश्वको सबैभन्दा छिटो डुब्ने सहर हो। उक्त सहर वर्षेनी ५ सेन्टिमिटरको दरले डुबिरहेको छ।

सामान्यतया जमिनको कमीले सहर डुब्ने क्रम बढ्दो छ । जमिनको कमी भनेको पृथ्वीको ठाडो गति हो। भूमि झर्ने प्रक्रिया स्थायी र अपरिवर्तनीय छ।

अध्ययनअनुसार इन्डोनेसियाको सिमराङ सहर प्रतिवर्ष ३ दशमलब ९६ सेन्टिमिटर र जाकर्ता ३ दशमलब ४४ सेन्टिभिटरका दरले डुबिरहेको छ। त्यस्तै, चिनियाँ सहर सांघाई २ दशमलब ९४ सेन्टिमिटरका दरले डुबिरहेको छ। त्यस्तैः भियतनामी सहर हो चि मिन्ह र हनोइ क्रमशः प्रतिवर्ष २ दशमबल ८१  पतिशत र २ दशमलब ४४ सेन्टिमिटरका दरले डुबिरहेको छ।

अध्ययन जियोफिजिकल रिसर्च लेटर्स जर्नलमा प्रकाशित छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *