२५ रुपैयाँमा पेट्रोल पाएपछि टंकी फूल गराउनेको लाइन, पम्पलाई २० लाख घाटा, म्यानेजर बर्खास्त

डिसी नेपाल
१ असार २०७९ १३:५४

काठमाडौं । म्यानेजरको गल्तीका कारण पेट्रोल पम्पमा प्रतिलिटर १७८ रुपैयाँको सट्टा जनताले प्रतिलिटर २५ रुपैयाँमा पेट्रोल पाउन थाले । पेट्रोल पम्पको गल्तीको फाइदा पनि धेरैले उठाए । जसका कारण पेट्रोल पम्पलाई करिब २० लाख रुपैयाँको नोक्सानी भएको छ ।

यसबाट दुई सयभन्दा बढीले फाइदा लिएको जनाइएको छ । यो गल्ती गरेको भन्दै पेट्रोल पम्पका म्यानेजरलाई बर्खास्त गरिएको छ । प्रबन्धकले यस्तो गल्ती गरेका थिए कि गाडीको ५० लिटरको ट्याङ्की भर्नका लागि उक्त पेट्रोल पम्पमा १२०० रुपैयाँ मात्रै तिर्नुपरेको थियो । जहाँ सामान्यतया यसका लागि उनीहरुले करिब १० हजार ८ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

यो घटना अमेरिकाको उत्तरी क्यालिफोर्नियाको हो । यहाँ रान्चो कोर्दोभामा शेल ग्यास स्टेशनको प्रबन्धक जोन जेसिनाले एक ठूलो गल्ती गरे। उनले गल्तीले दशमलव गलत ठाउँमा राखेको बताए । जसका कारण त्यहाँ पेट्रोल प्रति ग्यालन ६.९९ डलर प्रतिग्यालनमा बिक्रि हुनुपर्नेमा ०.६९९ मा बिक्री हुन थाल्यो । अमेरिकाका धेरै पेट्रोल पम्पहरूमा सेल्फ-सर्भिसको व्यवस्था छ जहाँ मानिसहरू आफैं पेट्रोल भर्छन्।

एबीसी न्युजको रिपोर्ट अनुसार जोनले भने– मैले आफैंले सबै मूल्य सूची राखेको थिएँ । त्यसैले मैले यसको जिम्मेवारी लिएँ र मैले हो यो मेरो गल्ती हो भने।

जोनको यो गल्तीका कारण पेट्रोल पम्पमा ठूलो क्षति पुगेको छ । सस्तो मूल्य देखेर ठूलो संख्यामा मानिसले ट्याङ्की भरेका थिए । जसका कारण पेट्रोल पम्पलाई करिब २० लाख रुपैयाँ नोक्सान भएको छ । जोनले भने कि उनी चिन्तित छन् कि ग्यास स्टेशनको मालिकले क्षतिको क्षतिपूर्तिको लागि उनी विरुद्ध मुद्दा दायर गर्न सक्छन् ।

जोनले आफ्नो परिवारले गोफण्डमी बनाएको बताए । ताकि यसबाट कोष सङ्कलन गरेर घाटा पूर्ति गर्न सकियोस् । क्यालिफोर्नियालीहरूले राष्ट्रिय मूल्यभन्दा पेट्रोलको लागि बढी तिरिरहेका छन्। अमेरिकामा पछिल्लो केही महिनादेखि पेट्रोलको मूल्य निकै बढेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *