सरकारी कर्मचारीलाई कृषिमा आकर्षित गर्न हरेक हप्ता शुक्रबारदेखि आइतबारसम्म विदा

डिसी नेपाल
१ असार २०७९ १४:४२
80
Shares

काठमाडौं । खाद्य संकटको सामना गरिरहेको श्रीलंकाले यो समस्यासँग जुध्न सरकारी कर्मचारीलाई हप्तामा थप एक दिन बिदा दिने घोषणा गरेको छ । कृषिलाई प्रोत्साहन गर्न श्रीलंका सरकारले सरकारी कर्मचारीलाई एक दिन थप बिदा दिने भएको हो ।

श्रीलंकामा करिब १० लाख सरकारी कर्मचारी छन् । श्रीलंकाको जनसंख्या लगभग २२ मिलियन छ। श्रीलंका विगत ७० वर्षयताकै सबैभन्दा खराब आर्थिक अवस्थाबाट गुज्रिरहेको छ ।

अहिले श्रीलंका खाना, इन्धन र औषधिको लागि संघर्ष गरिरहेको छ। मुलुकमा विदेशी मुद्राको चरम अभाव छ । श्रीलंका सरकारले वर्तमान परिस्थितिको चुनौती सामना गर्न विभिन्न प्रकारका प्रयोगहरू गरिरहेको छ।

यसैक्रममा सार्वजनिक क्षेत्रमा काम गर्नेलाई आगामी तीन महिनासम्म प्रत्येक शुक्रबार थप विदा दिने प्रस्ताव स्वीकृत भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *