यी व्यक्तिले विषालु सर्पले आफूलाई २०० पटक टोकाए, तैपनि जीवितै !

डिसी नेपाल
१ असार २०७९ १५:४८

काठमाडौं । विषालु सर्पले एक व्यक्तिलाई २०० भन्दा बढी पटक डस्यो तर पनि उनी जीवितै छन् । उनलाई टोक्ने सर्पहरूमा माम्बादेखि कोब्रासम्मका नामहरू समावेश छन्। विशेष कुरा यो हो कि उनले जानाजानी यी सर्पहरूबाट आफैंलाई टोकाउँछन्, ताकि पहिलो विश्वव्यापी एन्टी भेनम (शरीरमा सर्पको विषको प्रभावलाई हटाउने औषधि) बनाउन सकियोस्।

ती व्यक्तिको नाम टिम फ्राइड हो। उनी ५३ वर्षका छन् र अमेरिकाको विस्कॉन्सिनका हुन् । उनले घरमा धेरै प्रकारका सर्प राखेका छन् । सामान्यतया एउटा सर्पको टोकाइको असर उनीमा पर्दैनथ्यो । तर सन् २००१ मा दुईवटा विषालु कोब्रा सर्पको टोकाइबाट टिमको मृत्यु हुन सक्ने अवस्था समेत आएको थियो ।

त्यो घटनालाई सम्झँदै टिमले नेशनल जियोग्राफीलाई भने– ‘१ घण्टाभित्र दुईवटा कोब्रा सर्पले डसेका थिए । म झन्डै मरेको थिएँ। यो पटक्कै हास्यास्पद थिएन। मसँग मेरो शरीरमा पर्याप्त प्रतिरोधात्मक क्षमता थियो कि म एउटा सर्पको डसाइ सहन सक्छु तर दुईवटा होइन। सर्पको आक्रमणपछि उनलाई अस्पताल लगिएको थियो ।’ जहाँ उनी ४ दिनसम्म कोमामा थिए ।

होश आएपछि टिमले सर्पसँग मात्र काम गर्ने निर्णय गरे । उनी अहिले हर्पेटोलोजी, क्यालिफोर्निया खोप अनुसन्धान कम्पनी, सेन्टिभ्याक्सको डाइरेक्टर अफ हरपेटोलोजीको प्रमुख छन् ।

अनुसन्धानका क्रममा टिमलाई २०० भन्दा बढी पटक विषालु सर्पले टोकेको छ । कुनै पनि सर्पको टोकाइको उपचार गर्न सकियोस् भनेर उनी विश्वव्यापी एन्टी-भेनम बनाउन चाहन्छन्।

टिमले थप भने–जब सर्पले टोक्छ, धेरै दुख्छ । एकैपटक सय वटा मौरीले टोके जस्तै हो । रिपोर्टका अनुसार डब्ल्यूएचओले वार्षिक ५४ लाख मानिसलाई सर्पले टोक्ने गरेको बताएको छ । जसमध्ये ८१ हजार देखि १ लाख ३८ हजार मानिसको मृत्यु हुन्छ।

सन् २०२० मा भएको एक अध्ययन अनुसार सन् २००० देखि २०१९ को बीचमा भारतमा सर्पको टोकाइबाट १२ लाख मानिसको मृत्यु भएको थियो । अर्थात् हरेक वर्ष औसत ५८ हजार मानिसको मृत्यु हुन्छ । तीमध्ये एक चौथाइ १५ वर्षभन्दा कम उमेरका थिए। टिमले यी तथ्यांकका कारण आफ्नो काम महत्वपूर्ण हुने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *