दुबई पठाइदिने भन्दै सात लाख ठगी गर्ने पक्राउ

डिसी नेपाल
१ असार २०७९ २२:४१
220
Shares

काठमाडौं । दुबई पठाइदिन्छु भनी ठगी गर्ने एकजनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले दुबईको प्रतिष्ठित कम्पनीमा आम्र्स गार्डकोे काम लगाइदिन्छु भनी रु सात लाख ठगी गर्ने मुगु खत्याड गाउँपालिका घर भई काठमाडौँको मूलपानी बस्ने ३१ वर्षीय निराजन कार्कीलाई मङ्गलबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

काठमाडौँको सिफलस्थित भिजन मल्टिपर्पोज प्रालिका सञ्चालकसमेत रहेका कार्कीले दुबईको आम्र्स गार्डमा एक लाखसम्म मासिक तलब हुन्छ भनी पीडितसँग रु सात लाख ठगी गरेकाले निवेदनका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *