प्रसिद्ध उर्दू साहित्यकार गोपिचन्द नारंगको निधन

डिसी नेपाल
२ असार २०७९ १०:४३

काठमाडौं । चर्चित उर्दू साहित्यकार गोपीचन्द नारंगको निधन भएको छ । ९१ वर्षीय नारंगले अमेरिकामा अन्तिम सास लिएका हुन् । नारंगको जन्म सन् १९३१ मा बलुचिस्तानमा भएको थियो ।

५७ वटा पुस्तकका लेखक गोपीचन्द नारंगलाई पद्मभूषण र साहित्य एकेडौमीमी पुरस्कार समेत प्रदान गरिएको थियो । उनका केही प्रमुख कार्यहरू उर्दू अफसाना रवायत र मसाइल, इकबालको फन, अमीर खुसरोको हिन्दवी कलाम, जबिदियत बाद समावेश छन्।

नारंगको हिन्दी, उर्दू, बलुची पश्तोलगायत भारतीय उपमहाद्वीपका ६ भाषामा प्रभुत्व थियो । उर्दू बाहेक गोपीचन्द नारंगले हिन्दी र अंग्रेजीमा पनि पुस्तक लेखेका छन् । उनले दिल्ली विश्वविद्यालयको सेन्ट स्टीफन्स कलेजबाट स्नातक गरे। त्यसपछि शिक्षक पनि थिए । पद्मभूषण बाहेक नारंगलाई पाकिस्तानको तेस्रो उच्च पदक ‘सितार–ए–इम्तियाज’ पनि दिइएको छ ।

गोपी चन्द नारंगको जन्म ११ फेब्रुअरी १९३१ मा बलुचिस्तानको दुक्कीमा भएको थियो । सन् १९५४ मा दिल्ली विश्वविद्यालयबाट उर्दूमा पीजी गरेपछि उनले शिक्षा मन्त्रालयबाट छात्रवृत्ति पाएर १९५८ मा पीएचडी गरे । प्रो. नारङले सेन्ट स्टीफन्स कलेजमा उर्दू साहित्य पढाउन थाले । केही समयपछि उनी दिल्ली विश्वविद्यालयको उर्दू विभागमा भर्ना भए। यहाँ १९६१ मा उनी रीडर भए ।

१९६३ मा उनले विस्कन्सिन विश्वविद्यालयमा भ्रमण गर्ने प्राध्यापकको रूपमा योगदान दिए। १९६८ मा यो विश्वविद्यालयमा फेरि उनलाई पढाउन बोलाइयो। यसबाहेक उनले मिनियापोलिसको मिनेसोटा विश्वविद्यालय र नर्वेको ओस्लो विश्वविद्यालयमा पनि अध्यापन गरेका छन् ।

१९७४ मा, नारंगले जामिया मिलिया इस्लामियामा प्राध्यापक र विभाग प्रमुखको रूपमा पदभार ग्रहण गरे। यहाँ उनले करिब १२ वर्ष अध्यापन गरे । त्यसपछि सन् १९८६ मा फेरि दिल्ली विश्वविद्यालयबाट अध्यापन गर्न थाले । उनले सन् १९९५ सम्म यहाँ काम गरे । यसपछि सन् २००५ मा दिल्ली विश्वविद्यालयले उनलाई प्रोफेसर इमेरेटस बनायो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *