भाजपाले नेपालका ५ दलसहित १८ विदेशी पार्टीलाई आफ्नो चुनाबी अभियान हेर्न बोलायो
काठमाडौं । भारतीय जनता पार्टीले नेपालका ५ दलसहित १८ विदेशी पार्टीलाई आफ्नो चुनाबी अभियान हेर्न निम्ता दिएको छ ।
भाजपाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको युनाइटेड रुस पार्टी, बंगलादेशकी राष्ट्रपति शेख हसिनाको अवामी लिग पार्टी, इजरायलको लिकुड पार्टीलगायत १८ दललाई चुनावी अभियान हेर्न आमन्त्रण गरेको हो ।
चुनावी अभियानको प्रत्यक्ष अनुभव लिन १० देशका राजनीतिक दल भारत आउँदै गरेको भाजपाले जनाएको छ । यी दलका प्रतिनिधिहरूले मे १ मा भाजपा मुख्यालयमा पार्टी अध्यक्ष जेपी नड्डासँग भेट गर्नेछन्।
उनीहरूले डा. एस. जयशंकर (विदेश मन्त्री) र अश्विनी वैष्णव (केन्द्रीय रेल मन्त्री) सँग पनि कुरा गर्नेछन्। उनीहरूलाई चुनावी प्रक्रियाका साथै भाजपाको चुनावी अभियान रणनीतिबारे पनि जानकारी दिइनेछ।
भाजपाले नेपालका नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीलाई निम्तो दिएको छ ।
यससँगै अष्ट्रेलियाको लिबरल पार्टी, भियतनामको कम्युनिस्ट पार्टी, बंगलादेश अवामी लीग, इजरायलको लिकुड पार्टी, युगान्डाको नेशनल रेसिस्टेन्ट मुभमेन्ट, युनाइटेड रसिया पार्टी, तान्जानियाको चामा चा मापिन्डुजीलाई निम्ता दिएको छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment