वायु प्रदूषणले दिल्लीमा १० वर्ष र लखनउमा ९ वर्ष आयु घटायो

डिसी नेपाल
२ असार २०७९ १२:०७

नयाँ दिल्ली। वायु प्रदूषण मानव स्वास्थ्यको लागि सबैभन्दा गम्भीर खतरा हो। भारतमा यस्तोे खतरा अझै उच्च देखिन्छ। शिकागो विश्वविद्यालय (इपीआइसी)को ऊर्जा नीति संस्थानका अनुसार दिल्ली संसारको सबैभन्दा प्रदूषित सहर हो । वायु प्रदूषणले दिल्लीमा लगभग १० वर्ष र लखनउमा साढे ९ वर्ष आयु घटाएको छ।

एयर क्वालिटी लाइफ सूचांकअनुसार इन्डो–गंगाको मैदान संसारको सबैभन्दा प्रदूषित क्षेत्र हो। वर्तमान प्रदूषण स्तर जारी रहे पञ्जाबदेखि पश्चिम बंगालसम्म आधा अर्बभन्दा बढी मानिसहरूले औसत ७ दशमलब ६ वर्षको आयु गुमाउनेछन्।

यसको विपरित बाल र मातृ कुपोषणले औसत आयु लगभग १ दशमलब ८ वर्ष र धुम्रपानले १ दशमलब ५ वर्षले घटाएको छ। प्रदूषणका कारण दिल्ली र लखनउमा फोक्सो र श्वासपश्वासका विरामी बढेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *