महिनावारीको समयमा भुलेर पनि यी कुराहरु नखानुहोस्

डिसी नेपाल
२ असार २०७९ १२:२२

काठमाडौं । महिनावारी भनेको महिलामा हुने शारीरिक परिवर्तनमध्येको एक परिवर्तन हो । महिनावारी हुनु भनेको एउटी केटी हरेक महिना गर्भवती हुन तयार हुने सङ्केत हो । साधारणतया महिनावारी १२ देखि १५ वर्षको उमेरमा सुरू हुन्छ। कसैमा आठ वर्षदेखि नै महिनावारीको लक्षण देखिने गर्दछ जुन साधरण मानिन्छ । महिनावारीको अन्तर लगभग २८ दिन हुने गर्दछ । महिनावारी महिला ४५ देखि ५५ भित्रमा सकिन्छ ।

महिनावारीमा हरेक महिलालाई निकै असहज महसुस हुने गर्दछ। महिनावारीको समयमा महिलालाई पीडा र सुस्तीले पूर्ण रूपमा घेरेको हुन्छ । यस्तो अवस्थामा मुड स्विङ हुनु र चिडचिडापन हुनु सामान्य कुरा हो । सबैसँग फरक फरक परिस्थितिहरू हुन्छन् । कोही–कोही डिप्रेसनको शिकार पनि हुन्छन्। यस्तो अवस्थामा यो समयमा आफ्नो स्वास्थ्यमा ध्यान दिनुपर्छ र पौष्टिक खानेकुरा मात्रै लिनुपर्छ । तर सही जानकारीको अभावमा महिलाले जे पनि खान्छन्, जसका कारण पेट दुख्ने समस्या झनै बढ्छ । आज हामी तपाईलाई महिनावारी हुँदा महिलाले के नखाने भन्ने कुरा बताउनेछौँ ।

अमिलो फलफूल – सुन्तला, मौसमी, कागती जस्ता अमिलो फलफूल महिनावारीको समयमा खानु हुँदैन । यी फलफूलको सेवनले महिनावारीमा समयमा पेट दुख्ने समस्या बढ्छ ।

चिसो कुराहरु नखाने – महिलाहरूले महिनावारी भएको समयमा दही, आइसक्रिम, राइता वा छाछबाट बनेको कुराहरु सेवन गर्नु हुँदैन। यसो गर्नाले तपाईको कठिनाई झनै बढ्न सक्छ।

मिठाई नखाने – महिनावारीको समयमा महिलाहरुलाई मिठाईको चाहना हुन्छ । यदि तपाईलाई पनि यस्तै भइरहेको छ भने मिठाई वा पेस्ट्रीको सट्टा स्याउ, अनार आदि फलफूल खानुहोस् । यसो गर्दा शरीरमा रगतको मात्रा बढ्छ । यस बाहेक मूड स्विङ र चिडचिडापन कम गर्न डार्क चकलेट पनि लिन सकिन्छ ।

चिया–कफी नखानुहोस् – महिनावारीको समयमा क्याफिनको अत्याधिक सेवनबाट पनि बच्नुपर्छ। दुखाईबाट मुक्ति पाउन अदुवा र तुलसीको चिया दिनमा २–३ पटक पिउनहोस्। अन्यथा कब्जियत वा एसिडिटीको समस्याबाट गुज्रनुपर्ने हुनसक्छ ।

बोसो युक्त मासुहरु– महिनावारीको समयमा पोल्ने, चिडचिडापन महसुस हुने समस्या छ भने मासु नखानु नै राम्रो हुन्छ । मासु खानै पर्ने अवस्थामा कम बोसो भएका वा माछा जन्य खानेकुरा खानु उपयुक्त हुन्छ ।

प्याकिङ गरिएका खानेकुरा– महिनावारी भएको समयमा बजारमा पाइने प्याकिङ गरिएका खानेकुरा जस्तै केक, पाउरोटी, क्रिम रोल आदि नखादा स्वास्थ्यलाई फाइदा पुग्छ । यी खानेकुराको सट्टामा फाइबरको मात्र बढी भएको रोटि खाने गर्नु उत्तम हुन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *