दोस्रो एकदिवसीयमा श्रीलंकाले अष्ट्रेलियालाई हरायो

डिसी नेपाल
३ असार २०७९ ६:२६

काठमाडौं। दोस्रो एकदिवसीय अन्तराष्ट्रिय खेलमा घरेलु टोली श्रीलंकाले अष्ट्रेलियालाई डिएल मेथोड पद्धतिको आधारमा २६ रनले हराएको छ ।

बिहीबार राति श्रीलंकामा भएको खेलसँगै पाँच श्रृंखलाको खेल १-१ को अवस्थामा आईपुगेको छ । पहिलो खेल अष्ट्रेलियाले दुई विकेटले आफ्नो पक्षमा पारेको थियो ।

श्रीलंकाले दिएको २२१ रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया ३७ ओभर १ बलमा सवै विकेट गुमाउँदै १८९ रनमा समेटिन पुग्यो ।

अष्ट्रेलियाका लागि डेभिड वार्नरले ३७ रन जोड्दा ग्लेन म्याक्सवेलले ३० रन बनाए । श्रीलंकाका चामिथा करुनारत्नेले सर्वाधिक तीन विकेट लिए ।

यसअघि वर्षाले प्रभावित खेलमा पहिले टस हारेर ब्याटिङ गरेको श्रीलंकाले ४७ ओभर ४ बलमा ९ विकेट गुमाएर २२० रनको योगफल तयार पार्याे ।

श्रीलंकाका कुशल मेन्डिसले सर्वाधि ३६ रन जोडे । यस्तै, कप्तान डसुन शनका र धनन्जय डी सिल्भाले समान ३४ रन जोडे ।

अष्ट्रेलियाका पाट कमिन्सले सर्वाधिक ४ विकेट लिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *