पहिराले बगाउँदा सासु–बुहारी बेपत्ता

डिसी नेपाल
३ असार २०७९ ६:५५

ताप्लेजुङ। ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–७ खेवाङमा गए राति झरेको पहिरामा पुरिएर सासु र बुहारी बेपत्ता भएका छन् । वर्षासँगै राति करिब साढे ८ बजे झरेको पहिरामा पुरिएर तुलसा अधिकारी र यशोदा अधिकारी बेपत्ता भएका हुन्।

तुलसा सासु र यशोदा बुहारी हुन्। यशोदाका श्रीमान् विष्णु अधिकारी भने भागेर ज्यान जोगाउन सफल भएको स्थानीयवासीले बताएका छन्। पहिराले अधिकारीका दुईवटै घर बगाएको छ भने नजिकै रहेका पशुचौपायसमेत पुरेको बताइएको छ । थप विवरण आउन बाँकी छ । अत्यधिक वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा ठुल्ठूला पहिरो झरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *