संसद बैठक बस्दै

डिसी नेपाल
६ असार २०७९ ८:३८

काठमाडौं। संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे नयाँवानेश्वरस्थित संसद भवनमा बस्न लागेको हो ।
आजको बैठकमा विभिन्न विधेयक दफाबार छलफलका लागि पेस गरिनेछ ।

गृहमन्त्री बालकृष्ण खाणले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन विधयेका २०७९ दफावार छलफलका लागि पेस गर्ने संसद सचिवालयको सम्भावित कार्यसूची छ ।

आर्थिक विधेयक २०७९ माथि छलफल गरी प्राप्त संशोधनलाई निर्णायार्थ प्रस्तुत गरिने पनि संसद् सचिवालयले जानकारी दिएको छ ।

शर्माले ‘राष्ट्र ऋण उठाउने विधेयक २०७९ लाई दफावार छलफल गरी पारितका लागि प्रस्ताव गर्ने कार्यसूची रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *