तनावमुक्त हुन र स्वस्थ्य शरीरका लागि योगको ठूलो महत्व छः प्रधानमन्त्री देउवा
काठमाडौं।प्रधानमन्त्री शेरबहादुर देउवाले तनावमुक्त शान्त मन, रोगमुक्त स्वस्थ्य शरीर, आघात मुक्त चित्त विकासमा योगको महत्वपूर्ण भूमिका रहेको बताएका छन्।
अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा भारतीय राजदूतावासले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले नियमित योग अभ्यासबाट व्यक्तिको स्वास्थ्य अवस्था सुदृढ हुनुका साथै व्यक्ति तनावमुक्त भई कार्य क्षमतामा वृद्धि हुने, रोग प्रतिरोधात्मक क्षमता बढ्ने, व्यक्तिमा सकारात्मक सोचको विकास हुने उल्लेख गरेका छन्।
प्रधानमन्त्री देउवाले भने, “नियमित योग अभ्यासबाट अनुशासन र आन्तरिक ऊर्जा प्राप्ति हुने, आत्म ज्ञान प्राप्ति र आत्मप्रेरणा हासिल भई काममा प्रभावकारिता आउनेलगायतका सकारात्मक गुणको विकास हुन्छ भन्ने कुरा अनुभवले देखाइसकेको विषय हो । विशेषतः नसर्ने रोगको रोकथाम, उपचार र पुनःस्थापनाका लागि योगको महत्वपूर्ण भूमिका रहन्छ । त्यसैले हामीले ‘निरोगीताका लागि योग’ भन्ने भाव सबैमा पु¥याउन जरुरी छ ।”
उनले अन्तर्राष्ट्रिय योग दिवस, जुन २१ को अवसरमा सम्पूर्ण मानव जगत्मा सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको शुभकामना व्यक्त गर्दै संयुक्त राष्ट्रसङ्घले सन् २०१४ को डिसेम्बर ११ मा हरेक वर्ष जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा मनाउने घोषणा गरेपछि हाम्रो समृद्ध परम्परा एवं जीवन दर्शनसँग सम्बन्धित रहेको योगले विश्वव्यापी सम्मान प्राप्त गरेको बताए।
जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा मनाउन मित्रराष्ट्र भारतले संयुक्त राष्ट्रसङ्घमा राखेको प्रस्तावमा नेपालले समर्थन गरेको जानकारी दिँदै प्रधानमन्त्री देउवाले यस वर्ष ‘मावनीयताका लागि योग’ भन्ने अन्तर्राष्ट्रिय नाराका साथ ८औँ अन्तर्राष्ट्रिय योग दिवस मनाउँदै गरेको उल्लेख गरे।
No ads found for this position


डिसी नेपाल
Facebook Comment