नागरिकता विधेयक अगाडि बढाउने सत्ता गठबन्धनको निर्णय

डिसी नेपाल
८ असार २०७९ १८:४६

काठमाडौं । सत्ता गठबन्धनको बुधबार दिउँसो बसेको बैठकले नागरिकता विधेयकलाई अगाडि बढाउने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नागरिकता विधेयक अगाडि बढाउने र शान्ति प्रक्रियालाई चाँडै नै निष्कर्षमा पुर्‍याउने विषयमा छलफल केन्द्रीत भएको बताए ।

“सम्माननीय प्रधानमन्त्रीको अध्यक्षतामा विकसित राजनीतिक घटनाक्रमबारे विश्लेषण भयो । प्रधानमन्त्रीजीले नागरिकताको विधेयक अगाडि बढाउने प्रस्ताव गर्नुभएको छ”, सञ्चार माध्यमसँग बोल्दै मन्त्री कार्कीले भने ।

बैठकमा कानुनमन्त्री गोविन्दप्रसाद शर्माले शान्ति प्रक्रियाबारे अहिलेसम्मको प्रगति विवरण समीक्षागत रुपमा प्रस्तुत गरेको उनले उल्लेख गरे । आमा, बुवा नागरिक तर उनका सन्तान नागरिकताबिहीन भएको अवस्था अन्त गर्न यसको अग्रसरताका लागि सो निर्णय भएको उनको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *