ज्यान मार्ने उद्योगमा फरार राजवाहक पक्राउ

डिसी नेपाल
८ असार २०७९ २३:०२
296
Shares

काठमाडौं । नेपाल प्रहरीले ज्यान मार्ने उद्योग मुद्दामा फरार एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले विसं २०७८ असोज १० गते मोरङको विराटनगरस्थित उच्च अदालत गेट अगाडि कमल सिंह लामालाई खुकुरी प्रहार गरी फरार भक्तपुर मध्यपुरथिमिका ४६ वर्षीय रमेश राजवाहकलाई पक्राउ गरेको हो ।

ब्युरोका प्रहरी उपरीक्षक कमल थापाले ज्यान मार्ने उद्योगमा फरार रहेका राजवाहकलाई जिल्ला प्रहरी कार्यालय मोरङको अनुरोधमा आज भक्तपुरबाट पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका राजवाहकलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि आजै जिल्ला प्रहरी कार्यालय मोरङ पठाइएको प्रहरी उपरीक्षक थापाले बताए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *