राप्रपा नेपालले धनगढी र सुर्खेतमा अन्तरक्रिया गर्ने

डिसी नेपाल
१० असार २०७९ ७:१०

धनगढी । राप्रपा नेपालले सुदुरपश्चिमको धनगढी र कर्णालीको सुर्खेतमा अन्तरक्रिया र अगुवा कार्यकर्ता भेला गर्ने भएको छ। प्रदेशको राजधानीहरुमा कार्यक्रम गरिने तय भए अनुसार यस अघि हेटौंडा, बिराटनगर, जनकपुर, बुटवल र पोखरामा कार्यक्रम सम्पन्न भैसकेका छन्।

यही असार ११ गते सुदुरपश्चिम स्तरीय कार्यक्रम धनगढीमा र १६ गते सुर्खेतमा गरिने पार्टीले जनाएको छ। कार्यक्रमका निमित्त पार्टीका महामन्त्री राजाराम बर्तौला धनगढी आईसकेका छन् , बर्तौलाका अनुसार सबै बर्ग , क्षेत्र , समुदायका ब्यक्तिहरसङ्ग पार्टी अध्यक्ष कमल थापाले अन्तरक्रिया गर्नेछन्।

प्रदेश क्षेत्र भित्रका जिल्लाका अध्यक्ष सहित प्रतिनिधिहरुको सहभागीतामा छुट्टै अगुवा कार्यकर्ता भेलाको आयोजना हुनेछ । जहाँ थापाले प्रशिक्षण समेत दिनेछन्। कार्यक्रममा सहभागी हुन अध्यक्ष कमल थापा भोलि धनगढी आउने कार्यक्रम रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *