तोकिएकै समयमा बैठकमा उपस्थित हुन मन्त्रीहरूलाई रुलिङ

डिसी नेपाल
१० असार २०७९ १५:४८

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभाको बैठकमा समयमै उपस्थित हुन मन्त्रीहरूलाई रुलिङ गरेका छन् ।

शुक्रबार बसेको राष्ट्रिय सभा बैठकको सुरुमै अध्यक्ष तिमिल्सिनाले मन्त्रीहरूलाई समयमै बैठकमा उस्थित हुन रुलिङ गरेका हुन् ।

‘संविधानले सरकारका मन्त्रीहरूलाई सामूहिक र व्यक्तिगत रुपमा संघीय संसद्प्रति उत्तरदायी हुने व्यवस्था गरेको छ । सदनमा उपस्थित भई आफ्नो मन्त्रालयसँग सम्बन्धित् कार्यसूची अघि बढाउन मद्दत गर्नु, सदनमा उठेका प्रश्नको जवाफ दिनु सम्बन्धित् मन्त्रीहरूको जिम्मेवारी हो । लोकतान्त्रिक प्रणालीमा सार्वजनिक जवाफदेहिताको विशेष महत्व हुन्छ,’ मन्त्रीहरूलाई रुलिङ गर्दै अध्यक्ष तिमिल्सिनाले भने, ‘तसर्थ म नेपाल सरकारका मन्त्रीहरूलाई राष्ट्रिय सभाको बैठकमा तोकिएको ठिक समयमा उपस्थित भई सदनमार्फत जनताप्रति जवाफदेही बन्न रुलिङ गर्दछु ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *