मलेसिया पठाउँदा मेनपावरको लुटधन्दा, सम्बन्धित निकाय रमिते

डिसी नेपाल
१० असार २०७९ २१:३८

मलेसिया । वैदेशिक रोजगारीमा मलेसिया जाने कामदारहरुलाई मेनपावरहरुले विभिन्न बहानामा चर्को रकम लिने गरेको पाइएको छ ।

नेपाली कामदारहरुको निम्ति प्रमुख वैदेशिक रोजगारीको गन्तब्यमध्ये प्रमुख मुलुक रहेको मलेसिया कोभिड महामारीको अत्यसँगै सयौं कम्पनीहरुले कामदारको माग गर्दै कामदार डिमाण्ड पत्र नेपाल पठाएका छन् । मलेसिया सरकार र नेपाल सरकारबीचमा भएको श्रम सम्झौतालाई हेर्ने हो भने नेपालबाट मलेसियाका जुनसुकै कम्पनीले नेपाली कामदार लैजाँदा सम्पुर्ण खर्च सम्बन्धित कम्पनीले नै बेहोर्नुपर्ने कुरा स्पष्ट रूपमा उल्लेख गरिएको छ ।

तर यतिबेला मेनपावरहरुले मलेसिया जाने कामदारसँग विभिन्न बहानामा २ देखि ३ लाख सम्म पैसा लिएर पठाइरहेको कुरा कामदारहरुले गुनासो गर्दै आएका छन् ।

करिब दुईहप्ता अगाडि मात्रै कोशी मेनपावर मार्फत दुई लाख १५ हजार बुझाएर मलेसिया आइपुगेका तर आफ्नो नाम सार्वजनिक नगर्ने सर्तमा सम्बन्धित कामदारले नेपाली मजदुर एकता समाजलाई गुनासो गरेका छन् । केही पीडितले आफू ठगिएकोबारे दूतावासमा समेत जानकारी गरेपनि दूतावासले वेवास्ता गरेको छ ।

यसरी सम्बन्धित कम्पनीहरुले सम्पुर्ण खर्च बेहोर्दा समेत मेनपावर कम्पनीहरुले कामदारमाथि खुलमखुल्ला रूपमा ब्रम्हलूट मच्चाउन तल्लीन छन् यो बारेमा सम्बन्धित निकाय नेपाल सरकार र वैदेशिक रोजगार विभागले पनि आवश्यक कदम चालेको छैन भने उता नेपाली राजदुतावास पनि यस बारेमा मौन देखिएको छ ।

तसर्थ वैदेशिक रोजगारीको बाहानामा यतिबेला कामदारहरु मारमा परेका छन् । यसबारेमा नेपाली मजदुर एकता समाजको गम्भीर ध्यानाकर्षण भएको र सम्बन्धित दूतावास र वैदेशिक रोजगार विभाग र मन्त्रालयसंग आवश्यक छलफलको निम्ती पहल भैरहेको नेपाली मजदुर एकता समाजका केन्द्रीय अध्यक्ष तेज बहादुर कार्कीले डिसी नेपाललाई बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *