डिसी नेपालले ‘Happy Group’ संग बिताएको ‘पहिलो प्रहर’ {फोटो फिचर}

डिसी नेपाल
११ असार २०७९ १३:०८

काठमाडौं । भनिन्छ जो धेरै हाँस्छ उ धेरै बाँच्छ । यस्तै स्वस्थ्य बाँच्नका लागि भक्तपुरको ‘Happy Group’ ले शारिरिक मानसिक थकानबाट मुक्तिको उपाय खोज्दै प्रत्येक शनिबार भक्तपुर वरपरका विभिन्न स्थलहरुमा हिडेर यात्रा (हाइकिङ) गर्ने गरेको छ । यहीँ हाइकिङको यो पटकको सहयात्री बनेको छ ‘डिसी नेपाल’ ।

विहानको झिसमिसेमा उठेर सबै जान हाइकिङको तयारीमा जुट्छन् । निश्चित एक विन्दुमा भेला भएर उनीहरुको यात्रा तय हुन्छ । उनीहरुको यो पालीको यात्रा भक्तपुर गुन्डुमा रहेको कार्की गाउँ माथिको हरियो फाँट । भक्तपुर सुर्यविनायकदेखि लगभग ७ कि.मिको दुरीमा पर्ने गुन्डुको हरियो फाँटको वरपर जंगल निकै मोहक देख्न सकिन्छ ।

प्रकृतिले बनाएका सुन्दर फ्रेम झैं लाग्ने दृश्यले सबैलाई लोभ्याउने गर्दछ । त्यहाँसम्म पुग्नका लागि कहिले खलखल पसिना निकाल्ने उकालो त कहिले शरिरनै तानेर लाने ओरालो बाटाको यात्रा तय गर्नु पर्दछ ।

बाटोमा मनिङ वाकका लागि हिड्दै गरेको केही हुल भेट्दा एक अर्कालाई प्रोत्सान स्वरुप ‘जय शम्बु’ भन्ने अभिवादनले उकालो चढ्ने हौसिदै बाटो काट्ने गर्दछन् । यही बाटो भएर धेरै मानिसहरु टिकटकमा निकै ‘फेमस’ प्लेनमा रमाउन साथै  गुन्डु–आधेश्वोर महादेव–पाईलट बाबाको डाँडासम्मको यात्रामा निस्किने गर्दछन् ।

ह्यापी ग्रुप पनि गुन्डुको प्रकृतिमा रमाउन त्यसै तर्फ लाग्छ । सबैले फाँटमा बसेर खानका लागि खानेकुरा आ–आफ्नो इच्छा अनुसार बोकेर संगितसंग रमाउदै त्यहाँ पुग्छन् । केही समय त्यहाँ पुगेपछि रमाइलो गर्दछन्। आफुले लगेको खानेकुरा मिलाएर बाढीचुढि खान्छन् । शहरको धुलो धुँवा र प्रदुषणबाट बच्नका लागि भक्तपुर, काठमाडौ, ललितपुर लगायतका ठाउँहरुबाट आनन्दको समय बिताउन यहाँ पुग्ने गर्दछन् ।

गुन्डुको फाँटमा पुग्नेहरुका लागि फोहोर फ्याक्नका लागि डस्बिनको व्यवस्था गरिएको रहेछ । तर त्यहाँ खानेपानी बस्ने व्यवस्था भने गरिएको देखिदैन । प्रकृतिक स्वरुपलाई नविगारिकन खानेपानी र केही टहराको निर्माण गरि स्थानिय निकायले पिकनिक स्पोट बनाए आन्तरिक तथा बाह्य पर्यटकलाई भित्राउन सकिन्छ ।

यदि तपाई पनि आफ्ना साथीभाई, आफन्त, परिवारसंग हाइकिङ जाने सोचमा हुनुहुन्छ भने पक्कै नजिकको गन्तव्य गुन्डुको यो फाँट हुन सक्छ ।’Happy Group’ को यो यात्रा जस्तै शारिरिक र मानसिक रुपमा स्वस्थ रहन पनि सहयोग गर्ने छ ।यो ग्रुपमा सबै उमर समुहका मानिसहरु एकले अर्कोलाई हौसाल दिदैं कहिले बिहानी एक्सर साइज गर्न त कहिले हाइकिङमा रमाउदै गरेको भेट्न सकिन्छ । डिसी नेपालले आजका बिहानीको यात्रा संग तय गर्यो ।

खुसी र हसियो अनुहारका ह्यापी ग्रुपसंग यसरी बित्यो डिसी नेपालको दिन। तस्बिरमा हेर्नुहोस् :




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *