बोरामा शव, टाउकोमा चोट

डिसी नेपाल
१३ असार २०७९ १०:२५
176
Shares

झापा। झापाको अर्जुनधारा-४ मा बोराभित्र शव भेटिएको छ। बोराभित्र पुरुषको शव भेटिएको हो।

बोराको मुख सिलाएको अवस्थामा शव भेटिएपछि हत्या आशंका गरिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डिएसपी रुगम कुँवरले जानकारी दिए । उनको पहिचान हुन सकेको छैन। मृत भेटिएका व्यक्तिको टाउकोमा चोट देखिएको प्रहरीले जनाएको छ । उक्त शव कल्भर्टभित्र भेटिएको थियो।

स्थानीयले खबर गरेपछि आइतबार साँझ प्रहरीले हेर्दा शव फेला परेको हो। उनको दुवै कुममा ‘आरएन’ लेखिएको ट्याटु देखिएको डिएसपी कुँवरले जानकारी दिए। शवलाई पोष्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *