साउथ इण्डियन अभिनेता विजय बाबु पक्राउ
काठमाडौं । मलयालम सिनेमाका अभिनेता तथा निर्माता विजय बाबु यौन दुर्व्यवहारको आरोपमा सोमबार पक्राउ परेका छन् ।
समाचार एजेन्सी एएनआईको रिपोर्टका अनुसार केरला उच्च अदालतको आदेशपछि विजय बाबु एर्नाकुलम टाउन साउथ पुलिस स्टेशनमा सोधपुछका लागि हाजिर भएका थिए।
केरला उच्च अदालतले उनलाई अग्रिम जमानत दिएको भए पनि प्रहरीले छिट्टै रिहा गर्ने विश्वास गरिएको छ ।
विजय बाबु रिहा हुनुअघि प्रहरीले घटना भएको कथित स्थानबाट प्रमाण संकलन गर्ने बताइएको छ ।
अदालतले विजय बाबुलाई अनुसन्धानमा सहयोग गर्न आदेश दिएको थियो र उनले यस विषयमा सामाजिक सञ्जाल वा अन्य कुनै समाचार माध्यमबाट चर्चा नगर्न पनि भनिएको थियो ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment