झापा क्षेत्रमा भारी वर्षा, तटीय क्षेत्रमा सतर्कता अपनाउन अपिल
काठमाडौं। झापा क्षेत्रमा भारी वर्षा भएको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ६ घण्टामा झापाको भद्रपुर, विर्तामोड, शनिश्चचरे, आसपास भारी वर्षा मापन भएको छ र थप वर्षा हुने पूर्वानुमान महाशाखाले गरेको छ।
मेची, बिरिङ, निन्दा, गेर्खा र आसपासका साना नदीमा एक्कासी बहाव हुनसक्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ। देशभर मनसुन सक्रिय भएपछि वर्षा भइरहेको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment