अविरल वर्षाको कारण बिराटनगर डुवानमा (फोटोसहित)

डिसी नेपाल
१४ असार २०७९ १३:१२

काठमाडौं। भारी वर्षाका कारण देशभरका अधिकांश स्थान डुवानमा परेको छ। सोमबार रातिबाट आएको अविरल वर्षाले मोरङ जिल्लाको बिराटनगर महानरपालिकाको अधिकांश क्षेत्र डुवानमा परेको छ।

भारी वर्षाका कारण बिराटनगरको सिंघिया खोलामा आएको बाढी बस्तीमा पनि पसेको छ ।मंगलबार बिहान विराटनगर महानगरपालिका वडा नं। ८ स्थित सिंघिया खोला किनारका बस्तीमा बाढी पसेको हो । सिंघियाको बाढीका कारण खोला किनारमा रहेका परिवारहरु विस्थापित भएका छन् ।

मानव बस्तीमा बाढी पसेसँगै महानगर प्रमुख नागेश कोइरालाले बाढीको निरीक्षण गर्दै सतर्कता अपनाउन सम्पूर्ण महानगरबासीलाई अपील गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *