आलिया भट्ट गर्भवती भएपछि कण्डम कम्पनीको ट्वीट भाइरल !

डिसी नेपाल
१५ असार २०७९ १७:२५

काठमाडौं । कपुर परिवारमा छिट्टै नयाँ पाहुना आउने भएका छन् । रणवीर कपुरकी पत्नी आलिया भट्टले इन्स्टाग्राम पोस्टमा आफू आमा बन्ने घोषणा गरेकी छिन् ।

उनले आफ्नो र रणबीर कपुरको तस्बिर सेयर गरेकी छिन् जहाँ उनीहरू डाक्टरलाई भेट्न गएका थिए । आलियाको तस्बिरमा उनी ओछ्यानमा पल्टिएर अल्ट्रासाउन्ड मेसिनको स्क्रिन हेरिरहेकी देखिन्छिन् । यो पोस्टको क्याप्शन थियो, ‘हाम्रो बच्चा चाँडै आउँदैछ’।

यसपछि सामाजिक सञ्जालमा पनि मानिसहरूले जोडीलाई बधाई दिन थाले । कण्डम ब्राण्ड ड्युरेक्स पनि पछि परेन, उसले पनि रणवीर–आलियालाई फनी पोस्टमार्फत बधाई दिएको छ । कन्डम कम्पनीले इन्स्टाग्राममा पोस्ट र ट्वीट गरेको छ।

ड्युरेक्सले इन्स्टाग्राम र ट्वीटरमा एउटा हास्यास्पद पोस्टमा लेखेको छ, ‘महफिल में तेरी, हम तो स्लियरली नही थे।’ यसअघि रणवीर-आलियाको विवाह १४ अप्रिलमा भएको बेला ड्युरेक्सले एक फनी पोस्टमार्फत जोडीलाई अर्कै तरिकाले बधाई दिएको थियो ।

 

View this post on Instagram

 

A post shared by Durex India (@durex.india)

त्यतिबेला ड्युरेक्सको पोस्ट थियो, ‘डियर रणवीर र आलिया…महफिल मे तेरे, हम ना रहे जो, फन तो नही है।’ त्यसपछि यो पोस्ट पनि भाइरल भएको थियो । ड्युरेक्सले यो पोस्ट गरेपछि जनताको प्रतिक्रियाको बाढी आएको छ । धेरैले हास्यास्पद टिप्पणी गरेका छन् । कण्डम कम्पनीको बधाई दिने शैलीको धेरैले प्रशंसा गरेका छन् । रणवीर र आलियाले कुनै पनि लाइमलाइटमा नआउँदै मुम्बईमा निकै साधारण शैलीमा विवाह गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *