डोनाबासमा युक्रेनको नियन्त्रणमा बाँकी अन्तिम सहर लिसिचान्स्कलाई पनि रुसी सेनाले घेरा हाल्यो
काठमाडौं । रुसी सेनाले लुहान्स्क क्षेत्रको अन्तिम महत्वपूर्ण सहर लिसिचान्स्कमा पनि नाकाबन्दी कडा पारेको छ ।
समाचार एजेन्सी टासले रुसको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै रुसी सेनाले युक्रेनको अन्तिम सुदृढ सहर लिसिचान्स्कलाई पनि घेरा हालेको जनाएको छ ।
यद्यपी युक्रेनी सेनाले अहिलेसम्म यसको पुष्टि गरेको छैन ।
रुसले युक्रेनी सेनालाई डोनबास क्षेत्रको लुहान्स्क र डोनेस्क प्रान्तबाट हटाउन खोजिरहेको छ।
यसका लागि रुस समर्थित पृथकतावादीहरू सन् २०१४ देखि युक्रेनी सेनासँग लडिरहेका छन् । रुसले युक्रेनसँग पहिलो पटक त्यही समयमा युद्ध सुरु गरेको थियो ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment