चट्याङले इन्टरनेटमा क्षति, इ-पासपोर्ट सेवा अवरुद्ध

डिसी नेपाल
२३ असार २०७९ ६:१९

खोटाङ। चट्याङका कारण इन्टरनेट स्टेशनमा क्षति पुग्दा खोटाङमा इ–पासपोर्ट सम्वन्धी सेवा अवरुद्ध भएको छ । उदयपुरको रौतास्थित इन्टरनेट स्टेशनमा चट्याङका कारण क्षती हुँदा जिल्ला प्रशासन कार्यालयको इ-पासपोर्ट सम्वन्धी सेवा अवरुद्ध भएको हो ।

इन्टरनेट स्टेशनको क्षतीग्रस्त उपकरण मर्मत सम्भारको काम हालसम्म नसकिएको र अझै केही दिन लाग्ने भएकाले इन्टरनेटको समस्या समाधान नभएसम्मका लागि इ–पासपोर्ट सम्वन्धी सम्पूर्ण कार्य अवरुद्ध हुने प्रशासनले जनाएको छ ।

यसअघि दुई दिन २० र २१ असारमा इ-पासपोर्ट सम्वन्धी सम्पूर्ण कार्य अवरुद्ध हुने भन्दै सुचना जारी गरेको राहदानी शाखाले पुःन बुधबार अर्को सुचना जारी गर्दै इन्टरनेटको समस्या हल नभएसम्मका लागि इ-पासपोर्ट सम्वन्धी कार्य नहुने जानकारी दिएको हो । जिल्ला प्रशासन कार्यालया इन्ट्रानेटमार्फत इ-पासपोर्टको कार्य हुँदैआएको जनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *