धोवीखोलामा फोहोर फाल्नेलाई २५ हजार रुपैयाँ जरिवाना
काठमाडौं । काठमाडौं महानगरपालिकाले धोवी खोलामा फोहोर फाल्नेलाई २५ हजार रुपैयाँ जरिवाना गरेको छ । यस सम्बन्धी जानकारी दिँदै महानगरका प्रमुख बालेन्द्र शाहले, अनधिकृत फोहोर नफाल्न अनुरोध गरेका छन् ।
‘हिजो र आज सामाजिक सञ्जालमा धोबीखोलामा फोहोर फालिरहेको भिडियो र फोटोको चर्चा भइरहेको छ । सो सामग्रीको छानविन गरि उक्त कार्यमा सम्लग्न कम्पनीलाई नियम अनुसार २५ हजार रुपैयाँ जरिवाना गरेका छौँ ।’ प्रमुख शाहले भनेका छन्, ‘कुनै पनि अवाञ्छित कार्यहरु कसैले पनि नगर्न र कसैले गरेमा त्यसप्रति सबै चनाखो रहन जरुरी छ । यस्ता कार्यहरु सार्वजनिक गरेर महानगरसम्म पु¥याइदिनु भएकोमा धन्यवाद छ ।’
आगामी दिनहरुमा यस्ता कार्य नदोहोर्याउन आग्रह गर्दै प्रमुख शाहले यस्तो कार्य गरेको देखेमा अहिलेको जसरी नै सार्वजनिक ध्यानाकर्षणमा ल्याइदिन अनुरोध गरेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment