एक्ससेल डेभलपमेन्ट बैंकको सेयरमा मूल्य समायोजन
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक्ससेल डेभलपमेन्ट बैंकको सेयरमा मूल्य समायोजन भएको छ। कम्पनीको ८.५० प्रतिशत बोनसपछिको सेयरमा मूल्य समायोजन भएको हो।
सेयर मूल्य समायोजनपछि कम्पनीको सेयर भाउ ३ सय २० रुपैयाँ ७४ पैसा तोकेको छ। यस अघि नेप्सेमा कम्पनीको सेयर कारोबार ३ सय ४८ रुपैयाँमा भएको थियो।
कम्पनीले आर्थिक वर्ष २०७७/७८को मुनाफाबाट ८.५० प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न ०.४५ प्रतिशत नगद लाभांश दिने भएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment